१४ वर्षपछि दम्पती हत्याका अभियुक्त पक्राउ

सोमबार, २९ असार २०७७, १५ : २९
१४ वर्षपछि दम्पती हत्याका अभियुक्त पक्राउ

काठमाडौं । काठमाडौंमा भएको दम्पती हत्याका एक अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४ वर्षअघि पक्राउ गरेको छ ।  

०६३ पुस २० गते काठमाडौंको सितापाइलास्थित कान्तिपुर मिलका सञ्चालक ४५ वर्षीय नातिकाजी सुवेदी र उनकी श्रीमती ४४ वर्षीय सानु सुवेदीको हत्यामा संग्लन आरोपमा सोही मिलमा कार्यरत जेके भनिने जय किशोर साहलाई सार्वजनिक गरेको हो ।

सर्लाही गयरटोलका ३४ वर्षीय साह र सोही मिलका कार्यरत अर्का मजदुर प्रताप राना मिलेर दम्पतीको हत्या गरेको प्रहरी दाबी छ । हत्यापछि उनीहरु दुवै फरार रहेको र फरारमध्ये साहलाई नेपालगञ्जको सीमाक्षेत्रबाट पक्राउ गरिएको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेका साह भारतको लखनउमा बस्दै आएका थिए । 

उनी काम विशेषले नेपाल छिर्दै गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस