अवैध रूपमा मिर्गौला प्रत्यारोपणको आरोपमा चितवनबाट तीन र ललितपुरबाट ९ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २८ असार २०७७, १७ : २१
अवैध रूपमा मिर्गौला प्रत्यारोपणको आरोपमा चितवनबाट तीन र ललितपुरबाट ९ जना पक्राउ

काठमाडौँ । अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जसमा डाक्टर, जनप्रतिनिधिसमेत छन् । 

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले आइतबार नौ जना र शनिबार चितवनबाट तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा ललितपुरबाट ९ र चितवनबाट तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

पक्राउ परेका १२ जनाविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएको थियो। 


 

प्रतिक्रिया दिनुहोस