सलहका झुन्ड फेरि नेपाल प्रवेश

सफल खबर संवाददाता

आइतबार, २८ असार २०७७, १५ : ५७
सलहका झुन्ड फेरि नेपाल प्रवेश

काठमाडौँ ।  आइतबार सलहका दुई वटा झुन्ड नेपाल प्रवेश गरेको भेटिएको छ । सलह सूचना केन्द्रका अनुसार आइतबार बिहान साढे ९ बजे र दिउँसो गरेर दुई वटा सलहका झुन्ड दाङमा देखिएको छ । 

दाङमा देखिएको सलहको झन्ड दुई लाखसम्मको रहेको अनुमान गरिएको छ । दिउँसो दाङको राप्ती गाउँपालिकामा सलहको झुन्ड देखिएको स्थानीयको भनाइ छ । 

यो झुन्ड भारतको बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको केन्द्रले जनाएको छ ।भारतको उत्तर प्रदेशस्थित बहराइचमा देखिएको झुन्डबाट टुक्रिएर नेपालतिर आएको अनुमान गरिएको छ । दाङमा सलह प्रवेश गरेपछि राप्ती गाउँपालिकाले कृषकहरुलाई खबर गरेर सचेत हुन आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस