गाईघाट । शनिबार साँझ त्रियुगा नदीको बाढीले बगाउँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुन बस्ने ६० वर्षीय मान चौधरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार साँझ ५ बजे त्रियुगा नगरपालिका–५ देउरीबाट घर फर्कने क्रममा त्रियुगा नदी तर्दा चौधरीलाई नदीको बाढीले बगाएको हो ।
बाढीले बगाएलगत्तै देउरीका केही स्थानीयवासीले खोजी शुरु गरेको र प्रहरीमा समेत खबर भएपछि प्रहरीको सहयोगमा खोजी भए पनि बाढीले बगाएको ७०० मिटर तल त्रियुगा नदी किनारमा चौधरी मृत फेला परेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए ।
शनिबार साँझ नै चौधरीको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको पनि जिल्ला प्रहरी कार्यलय उदयपुरले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २८ असार २०७७, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनोहराको सुकुम्बासी बस्तीमा बाढी पस्न नदिन अस्थायी तटबन्ध लगाउँदै वाईसीएल
हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध
टेक्सस बाढी: मृतकको संख्या १२० पुग्यो
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
बाढीले उपल्लो मुस्ताङमा ४ वटा पुल बगायो, २ पुलमा क्षति
प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन