रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका – १ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् ।
शुक्रबार साँझ जङ्गलबाट ल्याइएको च्याउ खाँदा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र १० वर्षीय समिर अन्सारी बिरामी भएका हुन् ।
उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए । च्याउ खाएपछि उनीहरुलाई बान्ता भइरहेपछि उपचारका लागि अस्पताल ल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २७ असार २०७७, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विषालु च्याउ खाँदा जुम्लामा एकै घरका पाँचजना बिरामी
जंगली च्याउको तरकारी खाँदा दिदीभाइको मृत्यु
जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी
थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद
विषालु च्याउको तरकारी खाँदा एकै परिवारका ३ जना बिरामी
अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी