काठमाडौँ । व्यवसायीले बन्दाबन्दीको अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को कारण व्यापार व्यवसाय धराशायी बन्दै गएको भन्दै सरकारले सहुलियतस्वरुप व्यवसायीलाई बन्दाबन्दी अवधिभर बैंकको ब्याजदरमा शतप्रतिशत छुट दिन माग गरेका हुन् ।
महासङ्घका अध्यक्ष नरेश कटुवालले बैंक तथा वित्तीय संस्थाको किस्ता तथा ब्याज तिर्ने भाका कम्तीमा एक वर्ष पछाडि सार्न माग गरेका छन् । “बन्दाबन्दी अवधिभर व्यावसायिक घरभाडामा पूरै छुट दिनुपर्छ”, उनले भने । महासङ्घले पुनःकर्जा कोषमा साना उद्योगी व्यवसायीकोे पहुँच सुनिश्चितता गर्न मागसमेत गरेको छ ।
विसं २०७३ मा स्थापना भएको महासङ्घमा विभिन्न २० सङ्घ आबद्ध छन् भने झण्डै २५ हजार व्यवसायी आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २७ असार २०७७, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?
तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
सिन्धुलीमा कर्मचारीलाई बाँधेर बैंक लुटपाट, स्थानीयले भेटे बोरामा पैसा