कोरोना भाइरसको उत्पती पत्ता लगाउन चीन पुग्यो डब्लुएचओको विज्ञ टोली

एजेन्सी

शनिबार, २७ असार २०७७, ०९ : ५४
कोरोना भाइरसको उत्पती पत्ता लगाउन चीन पुग्यो डब्लुएचओको विज्ञ टोली

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को विशेषज्ञ टोली कोरोना भाइरसको उत्पती कसरी भयो ? बारे अध्ययन गर्नका लागि चीन गएको छ । विश्वव्यापी रुपमा महामारीको रुप लिईसकेको कोरोना भाइरसको स्रोत थाहा पाउनका लागि टोली पठाइएको डब्लुएचओको भनाई छ ।

चीन पुगेको टोलीले भाइरसको सुरुवात कहाँबाट भएको हो भन्नेबारे खोजी थाल्ने डब्लुएचओले बताएको छ । टोलीमा दुईजना विज्ञ रहेको डब्लुएचओको भनाई छ । अहिलेसम्म कोरोना भाइरस चीनको हुबेई प्रान्तस्थित वुहान शहरको बजारबाट फैलिएको र यो भाइरस जनावरबाट मानिसमा सरेको बताउदैं आएको छ । तर यसको स्वतन्त्र पुष्टि भने कतैबाट भएको छैन् ।

पशु स्वास्थ्य र महामारीमा विज्ञले चीनका वैज्ञानिकसँगका गरि भाइरसको वास्तविक स्रोतको खोजी गर्ने डब्लुएचओले जनाएको छ । कोरोना भाइरससँग मिल्दोजुल्दो भाइरस चमेरामा फेला परेको तर चमेरामै देखिएको सो भाइरस मानिसमा सरेको हो वा होइन भन्नेबारे थप अनुसन्धानको पनि गरिने डब्लुएचओकी प्रवक्ता मारगरेट ह्यारिसले बताएकी छन् ।