काठमाडौँ । बन्दाबन्दीका कारण व्यापार व्यवसाय ठप्प भएर बैङ्कको ऋण तिर्न नसक्नेले थप समय पाउने भएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव सङ्कलन गर्न नेपाल राष्ट्र बैङ्कले बिहीबार आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तभित्र ऋणको सावाँ र ब्याज तिर्न नसक्नेलाई थप समय दिइने बताउनुभयो ।
असार मसान्तभित्रै सावाँ र ब्याज तिर्न सक्नेलाई तिर्न आग्रह पनि उहाँले गर्नुभयो । गभर्नर अधिकारीले बैङ्क तथा वित्तीय संस्थालाई ऋणीलाई अनावश्यक तनाव नदिन पनि आग्रह गर्नुभयो ।
प्राविधिक कारणले मौद्रिक नीति असारमै ल्याउन असजिलो भएको भन्दै उहाँले साउनको पहिलो साता बैङ्क तथा वित्तीय संस्था र व्यवसायी दुवैलाई समेटने गरी नीति आउने जानकारी दिनुभयो । पुँजी बजारलगायत अर्थतन्त्रमा सुधारका सङ्केत देखिएको भन्दै उहाँले अतालिनुपर्ने अवस्था नरहेको जनाउनुभयो ।
नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बैङ्किङ क्षेत्र पनि कोरोनाका कारण प्रभावित भएको भन्दै सङ्क्रमण फैलनुअघि नै बैङ्कहरूको लगानीमा प्रतिफल घट्दो क्रममा रहेको बताउनुभयो ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कुन ऋणीलाई कति छुट तथा सहुलियत दिने भन्ने निर्णयको अधिकार बैङ्कलाई नै दिनु उचित हुने उहाँले दाबी गर्नुभयो । ऋणीलाई बैङ्कहरूले राम्रोसँग चिन्ने भएकाले निर्णय गर्ने जिम्मा सम्बन्धित संस्थालाई दिनुपर्र्ने दाबी उहाँको थियो । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २६ असार २०७७, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकहरुको निर्णय : आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?
सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा आन्दोलन
११ वटा बैंकले गरे ब्याजदर समायोजन