काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक नहुँदै अधिकांश निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्नाको प्रक्रिया सुरु गरेका छन् । यस पटकदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुने तयारी छ । नयाँ पाठ्यक्रममा असन्तुष्ट निजी विद्यालय सञ्चालकहरुले भने पुरानै संकायअनुसार विद्यार्थीको अनलाइन रजिस्ट्रेसनको प्रक्रिया अघि बढाएका छन् ।
पाठयक्रम विकास तथा मूल्यांकन परिषद्ले संकाय प्रणालीको अन्त्य गर्दै कक्षा ११ मा ६ विषयको पठनपाठन गराउने निर्णय गरिसकेको छ । कक्षा १ र ११ मा नयाँ पाठ्यक्रमबाट पठनपाठन गराउने निर्णय परिषद्ले गत माघ २ मै गरेको थियो ।
ठूला र नाम चलेका निजी विद्यालयहरुले नै प्रि–भर्ना र रजिस्ट्रेसनको अगुवाइ गरेका छन् । शिक्षा मन्त्रालयले भने विद्यार्थी भर्नामा रोक लगाएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का पदाधिकारीहरु सञ्चालक रहेका विद्यालय नै विद्यार्थी भर्ना लिन तँछाडमछाड गरिरहेका छन् ।
उनीहरुको सिको गर्दै कक्षा ११ र १२ मा पठनपाठन गराउने अधिकांश शिक्षण संस्थाले भर्ना आह्वान गरेका हुन् । ‘एसईईको नतिजा आएकै छैन, भर्ना हुन आऊ भनेर अपिल गरिएको छ,’ एक अभिभावकले भने । विद्यालयहरुले भर्ना हुन आउन सार्वजनिक सूचना नै प्रकाशित गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २६ असार २०७७, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक