साउन सात गतेसम्म बिजुलीको रकम भुक्तानी गरे जरिवाना नलाग्ने

सफल खबर संवाददाता

विहीबार, २५ असार २०७७, १४ : ००
साउन सात गतेसम्म बिजुलीको रकम भुक्तानी गरे जरिवाना नलाग्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले साउन सात गतेसम्म बिजुलीको रकम भुक्तानी गरे जरिवाना नलिने बताएको छ ।

लकडाउन अवधि चैत, बैशाख, जेठ र असारको विजुलीको भुत्तानी गरे जरिवाना नलाग्ने व्यवस्था गरेको प्राधिकरणले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेको हो । 

सरकारले अहिले आंशिक लकडाउन गरेको छ । यस्तै प्रकृत्तिकोे लकडाउनलाई ७ साउनसम्म निरन्तरता दिइएको छ । सबै खालका ग्राहकले साउन सातभित्र महसुल तिरेमा जरिवाना लाग्ने छैन ।

प्रतिक्रिया दिनुहोस