अनुकुल वातावरण नभएपछि सलहको झुण्ड हराए

पत्रपत्रिकाबाट

सोमबार, २२ असार २०७७, ०८ : ०९
अनुकुल वातावरण नभएपछि सलहको झुण्ड हराए

काठमाडौँ । भारतबाट नेपाल प्रवेश गरेको सलहको झुन्ड हराउँदै गएको प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । करिब ८० लाखको संख्यामा सलह नेपाल प्रवेश गरेको थियो । सलह सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले दुई दिनयता सलहका झुन्डहरु नदेखिएको बताए । उनले भने,'दुई दिनयता उडेका छैनन् । झुन्ड टुक्रिएर तितरवितर भए । लेकतिर लागेकाका मरे र केही हराएर गए ।'

उनले नेपालमा प्रवेश गरेका सलहको झुन्डलाई अनुकूल वातवरण नभएकाले पनि हराएको बताए । सलहका केही झुन्डहरु उच्च हिमाली क्षेत्रमा पनि गएका थिए । चिसो क्षेत्रमा सलह बाँच्‍न सक्दैन । सुवेदीले भने,'लेकतिर गएका सलहरु बाँच्‍नै सक्दैनन् । केही मरे र केही निस्क्रिए भए ।' कम तापक्रम भएकै कारण हिमाली जिल्लाहरुमा पुगेका सलह मरेको हुन सक्ने उनले बताए ।

नेपाल प्रवेश गरेका झुन्ड कहाँ हराए ?

किट विज्ञहरुले नेपालभित्र फैलिएका सलहका झुन्डहरुबाट टुक्रिँदै समूहमा फैलिएर विभिन्‍न जिल्लामा पुगेको थियो । मुलुकका ५५ वटा जिल्लाहरुमा सलहको उपस्थिती देखिएपनि झुन्डहरु २७ जिल्लामा मात्र देखिएका थिए । झुन्डहरु टुक्रिएर समूह हुँदै सिमित संख्यामा गन्‍न सकिने गरी जिल्लाहरु पुगेको थियो । रुकुम,कालीकोट,बाग्लुङ,मुस्ताङ,जाजरकोटमा देखिएका सलह चिसो भएकाले मरेको हुन सक्‍ने विज्ञहरुले अनुमान गरेका छन् ।

पहाडी जिल्लामा पुगेको झुन्डलाई बस्‍ने उपयु्क्त वातावरण नहुँदा त्यही निस्क्रिय भएको हुनसक्‍ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह अध्ययन गर्न गठन गरेको कार्यदलका विज्ञ सदस्य सुनिल अर्यालले बताए । झुन्ड टुक्रिएर धेरै ठाउँमा फैलिएकाले खतरा नहुने उनले बताए । उनले भने,ुदुई दिनसम्म कतै पनि उडेको देखिएको छैन । अझ एकदुई दिन हेरौं । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस