नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने सम्भावना कम

शुक्रबार, १९ असार २०७७, १८ : ०१
नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने सम्भावना कम

काठमाडौं । सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईंले हावाको गतिमा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने सम्भावना नरहेको बताएका छन् । 

संघीय संसद प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उपस्थित भएका कार्यदलका संयोजक एवं प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुमागाईंले भारतको राजस्थानबाट हावाको गति दक्षिण तर्फ मोडिएकाले अब नेपालमा सलहको नयाँ झुण्ड आउने सम्भावना नरहेको जानकारी गराए । 

उनले  बिहीबार भारतको इटहवामा रहेको सलहको झुण्ड आज शुक्रबार भारतको मध्यप्रदेश तिर पुगेकाले नेपालमा आउने सम्भावना कम हुँदै गएको बताए । 

प्रतिक्रिया दिनुहोस