महिला माथि दुव्यर्हार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

रासस

शुक्रबार, १९ असार २०७७, १० : २२
महिला माथि दुव्यर्हार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष रामनाथ महिलामाथि दुव्यर्हार  गरेको आरोपमा पक्राउ परेका छन् । गए राति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुव्यर्हार  गरेको स्थानीयले आरोप लगाएपछि ब्रह्मदेव प्रहरी चौकीले नाथलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका नाथलाई रातिनै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले वडाध्यक्ष नाथले महिलामाथि दुव्यर्हार  गरेको भन्ने कुरा आएपछि नियन्त्रणमा लिएको बताए । ‘थप कुरा बुझ्न बाँकी रहेको छ’, उनले भने, “के भएको रहेछ । आज बुझ्ने कार्य हुन्छ, त्यहीअनुसार कारवाही प्रक्रिया अगाडि बढ्छ ।’

भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारमा एक महिलालाई अपशब्द प्रयोग गर्दै वडाध्यक्ष नाथले दुव्यर्हार गरेको स्थानीयको आरोप छ । घटनापछि बिहीबार राति ब्रह्मदेव क्षेत्र तनावग्रस्त भएको थियो । वडाध्यक्षले महिलालाई दुव्यर्हार  गरेको भन्दै आक्रोषित स्थानीयले सीमा प्रहरीचौकी ब्रह्मदेव घेराउ गर्दै कारवाही मागसहित नाराबाजी गरेका थिए । महिलामाथि कुनै किसिमको दुव्यर्हार  नगरेको वडाध्यक्ष नाथको प्रारम्भिक बयानलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस