चितवनमा सलहले पु-यायो धान र मकै बालीमा क्षति

मंगलबार, १६ असार २०७७, १६ : २७
चितवनमा सलहले पु-यायो धान र मकै बालीमा क्षति

चितवन । चितवन जिल्लामा सलहले धान र मकै बालीमा क्षति पु-याएको छ । प्लान्ट क्वरिन्टिन तथा विषदी व्यवस्थापन केन्द्र अन्र्तगतको सलह सूचना केन्द्रले चितवनको कालिका र रत्ननगरमा धान र मकै बालीमा क्षति गरेको जनाएको छ । 

केन्द्रका अनुसार चितवनमा सोमबार कालिका, शक्तिखोर र रत्ननगरमा एक लाखको संख्यामा सलह देखिएको छ र यो सलह उडेको छैन। चितवनको कालीका, शक्तिखोर तथा रत्ननगरमा बीउ तथा भर्खरै रोपेको धानबालीमा क्षति पुर्‍याएको छ । पछिल्लो समय नेपालका विभिन्न २४ जिल्लामा सलह भेटिएको छ । 

सलहले मकै, धान, केरा खेतीमा क्षति पुर्‍याएको छ । केन्द्रका प्रमुख रामकृष्ण सुवेदीका अनुसार चितवनको कालीका, शक्तिखोर तथा रत्ननगरमा बिउ तथा भर्खरै रोपेको धानबालीमा क्षति पुर्‍याएको छ ।

बारा, पार्सा, रौतहट र सर्लाहीमा  देखिएको सलहको झुण्डमा करिक दुई तीन हजारको झुण्डमा मात्रै रहेको थियो । त्यहाँबाट सलह उत्तरतर्फको पहाडी  क्षेत्रमा पुगेको जनाइएको छ ।

महोत्तरीको बर्दीबास र मकवानपुरगढीमा रहेको सलहको झुण्डको संख्या यकिन नभएको र तिनीहरु जंगल तथा सिन्धुलीतर्फ गएको छ । यस्तै मकवानपुरको बकैया र हेटौँडामा करिब १० लाखको संख्यामा सलहको झुण्ड रहेको केन्द्रको अनुमान छ । त्यहाँ भेटिएकामध्ये केही सलह चितवनतर्फ उडेको केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस