माडीमा बाढीको सन्त्रास

‘आकासको गस्ती गर्दागर्दै थकित भएका थियौं, अब आकास तिरै नहेरी ढुक्कसँग रात काटन सक्छौं’

प्रकाश सिग्देल

मंगलबार, १६ असार २०७७, ११ : ५०
‘आकासको गस्ती गर्दागर्दै थकित भएका थियौं, अब आकास तिरै नहेरी ढुक्कसँग रात काटन सक्छौं’

(माडी) चितवन । मानिसले आकासको गस्ती गर्छन् भन्दा अनौठो लाग्न सक्छ तर माडी नगरपालिका वडा नम्वर ९ कान्छी बगईका स्थानियहरुले बस्ती जोगाउन बिगत वर्षौ देखि आकासको गस्ती गर्दै आएका छन् ।  आकासको गस्ती गर्नुपर्ने कारुणिक दिनचर्या यो वर्ष देखी कथामा परिणत हुनेमा कान्छी बगइका स्थानियहरु ढुक्क छन् । वर्षौ देखि आकासको गस्ति गरेर बस्ती जोगाएका गाँउलेहरु यो वर्षबाट भने आकास तिर आँखै नर्फकाएपनि ढुक्कसँग बस्न रात काटन सकिनेमा आशावादी बनेका छन् ।

वर्षायाम शुरु भएसंगै पानी पर्ना साथ आधारातमै पोकापन्तौरा बोकेर डाँडा तिर दगुरेर ज्यान जोगाउदै आएका स्थानियहरु यो वर्षबाट भने आनन्दको सास फेर्न पाईन्छ भन्ने ढुक्क छन् । राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समितिले माडी नगरपालिकाको रिउ नदीका साखा खोलाहरुमा गल्छी पहिरो, खहरे नियन्त्रण र खोला तथा नदी स्तरीकरण कार्यक्रम सन्चालन गरेपछि कान्छी बगइका स्थानियहरु वर्षायाममा पनि ढुक्क भएका हुन् । ‘आकास कालो निलो हुना साथ पोका पन्तौरा बोकेर डाँडा तिर दगुर्नुपथ्र्यो’–स्थानिय चन्द्रकान्त अधिकारीले भने–‘अब यो वर्षायामबाट त्यो अवस्था नआउनेमा ढुक्क छौं ।’ 

कान्छी बगइ जस्तो बिकट फोन समेत नलाग्ने ठाँउमा आएर राष्ट्रपति चुरे कार्यक्रमले खहरे खोलो नियन्त्रणका लागी ग्याबिन जाली भरेर खोलो बस्ति र खेति योग्य भुमिमा जोगिएसँगै राति ढुक्क भएर निदाउन पाएको अधिकारीको भनाई छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समितिले २० वर्षे गुरुयोजना निमार्ण गरि बिगत ३ वर्ष देखी माडीका खोलाहरुको ब्यवस्थापन गरी त्यसबाट हुने क्षती रोक्न विभिन्न कामहरु गर्दै आएको छ । नदी नियन्त्रणको काम सम्पन्न भएसंगै तटिय क्षेत्रका बासिन्दा अहिले ढुक्क संग निदाउन पाएका छन् । 

चुरेबाट बगेर आउने खोलाले ल्याउने गिटी, बालुवा, ढुगां, काठ, दाउरा लगाएतले खोलाको सतह जमिन भन्दा माथि जाने र त्यसले बस्ती तथा खेतियोग्य भुमि डुबानमा पर्ने र बगरमा परिणत हुने कान्छी बगईको वर्षौ देखिको समस्या थियो । उक्त समस्याको स्थायी समाधानका लागी रिउ नदीका शाखा खोलाहरुमा गल्छि पहिरो खहरे नियन्त्रण र खोला तथा नदि स्तरीकरण कार्यक्रम माडीमा लागु भएको हो । बिगतका वर्षमा स्थानिय तहमै नदि नियन्त्रणका लागी बजेट जाने गरेकोमा अहिले भने राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समिति ले चितवनमै कार्यक्रम कार्यान्वय ईकाई स्थापना गरि नदि नियन्त्रणको काम गरेको हो । 

राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समिति चितवनका जलाधार ब्यवस्थापन अधिकृत दिपक चर्मकारले माडी नगरपालिकामा रिउ नदिका साखा खोलाहरुमा गल्छि पहिरो खहरे नियन्त्रण कार्यक्रम र खोला तथा नदि स्तरीकरण कार्यक्रम वडा नम्बर ३, ६, ७, ९ मा कार्यक्रमहरु लागु भएको र यी कार्यक्रम उपभोक्ता समिति मार्फत गरेको बताए । यसबाट स्थानिय स्तरमा रोजगारको सृजनासंगै संरक्षणमा उपभोत्ता समिति जिम्मेवार भएको उनले बताए । गल्छि पहिरो नदि नियन्त्रण ७ स्थानमा खोला तथा नदि स्थरीकरण ४ ठाँउमा भएको र यो कार्यक्रमबाट कृषि योग्य भुमिको संरक्षण, बाढी नियन्त्रणमा सहयोग र धनजनको क्षती हुन बाट जोगिएको चर्मकारको भनाई छ । 

राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समिति कार्यक्रम कार्यान्वय ईकाई चितवनका प्रमुख रामहरी पन्थले यही आर्थिक वर्षमा चितवनमा कार्यालय सुभारम्भ गरेको र पहिलो वर्षमै धेरै कामहरु कार्यलय मार्फत भएको दाबी गरे । माडीको रिउ खोला र सहायक खोलाहरुमा तटबन्ध र गल्छि पहिरो नियन्त्रणको काम गरेको र त्यसले नगरपालिका अन्र्तगतको गाँउ बस्ती संरक्षणमा महत्वपुर्ण योगदान दिएको उनले बताए । उनले भने–‘माडीका ४ वटा वडामा नदी नियन्त्रणका लागी करिब २ करोड ५० लाख रकममा सम्झौता गरिएको छ ।’  पन्थका अनुसार त्यसको अलाबा भरतपुर महानगरको खगेरीको कमान्ड क्षेत्रमा सिंचाईका लागी प्रयोग गरिएको जलाधार संरक्षणका लागी निर्मित बाटुली पोखरीको छेउमा १७ लाखको लागतमा २ पोखरी निमार्ण कार्य थालिएको छ ।

पोखरीले कृषि योग्य भुमिमा सिचाईको महत्वपुर्ण काम गर्ने र पोखरीको माध्यमबाट आयआर्जन तथा साममुदायीक वनको पर्यापर्यटनमा समेत योगदान दिनेछ । नदि नियन्त्रण, पहिरो नियन्त्रण,  गल्छि नियन्त्रण र पोखरीको निमाणकोे काम गरेको बताउदै उनले यसले स्थानियको आय आर्जनका बिकासमा ठुलो योगदान पनि दिएको छ । चुरेको काममा स्थानिय तहका जनप्रतिनिधि देखी निकुन्ज प्रशासन र सबै सरोकार वाला निकायहरुले सहयोग गरेको र त्यसैका आधारमा काम गरीरहेको पन्थको भनाई छ । कार्यालयले बर्दघाट पुर्व देखि चितवन, बारा, पर्सा मकवानपुर गरी ५ जिल्लामा काम गरिरहेको छ ।

माडी नगरपालिकाका प्रमुख मेयर ठाकुर ढकालले माडी नगरपालिका भित्र २० वर्षे गुरुयोजना बनाएर चुरेले काम गरेको र अहिले तेस्रो वर्षको कार्यक्रम भएको बताए । चुरेले तटिय क्षेत्र दिर्घकालिन हिसाबले संरक्षण गर्नेे काम गरेको र त्यस्का लागी चुरेको उदगम स्थलबाटै रोकथाम हुने गरि प्रभावकारी रुपमा काम गरिरहेको उनको भनाई छ ।   चुरेले बहुआयामिक दृष्टिकोणले बायोईन्जिनियरिगंलाई पनि प्राथमिकता दिएर काम गरेको बताउदै ढकालले चुरेको कामले क्षयीकरण रोक्ने सम्भावना धेरै भएको दाबी गरे  ।

चुरेको कामलाई थप प्रभावकारी बनाउन ब्यवस्थापन पाटोलाई अलि प्रभावकारी गर्न आवस्यक रहेकोमा ढकालले जोड दिदै भने–‘ठेक्का तथा टेन्डर गर्ने काम भए  भदौमै ठेक्का निकाल्ने र उपभोक्ता समितिले गठन गरेर  असोज, कार्तिक बाट काम थाल्ने गरी सम्झौता गर्न सकेकोले बजेटको पुर्ण सदुपयोग भयो ।’ उनले वर्षातको बेला सम्म तटबन्द समेत मजबुद भईसक्ने बताए ।  सम्झौता ढिला हुदा काम गर्दा गर्दै असार लागीसक्ने र असार लाग्ना साथ निकुन्जले काममा अवरोद्ध गर्दा काम हुन नसक्ने अवस्था आएको ढकाल बताउछन् । 

कल्याणपुर मध्यवर्ती सामुदायीक वनका अध्यक्ष तथा बाँदरमुडे तटबन्द उपभोक्ता समितिको अध्यक्ष जितबहादुर चापागाईले ग्याबिन जाली भर्ने कामले स्थानियहरुको जिवन रक्षा भएको बताए । ६४÷६५ साल तिर २०० घर दलितलाई खोलाले क्षत बिक्षत बनाएको र राज्यको पहुचमा दलित समुदाय पुग्न नसकेपछि धेरै स्थानियहरु बिस्थापित सम्म हुनुपरेको बताउदैं उनले चुरेको सहयोगले तटबन्द भएपछि बिस्तापित भएकाहरु पुन सोही क्षेत्रमा आएर घरबास गरी खेति किसान गरेर खान थालेको बताए ।

स्थानियकै सहभागितामा चुरेबाट प्राप्त भएको बजेटले आफुहरुले खोलामा ग्याबिन जाली भरेर ठुलोधनजनको क्षती हुनबाट रोकेको र तटबन्ध गरेपछि सो क्षेत्रका पानिका मुहान तलाउ पोखरी तथा सयौ बिगाहा जमिन र २०० बढि घर जोगिएको चापागाइको भनाई छ ।  माडी नगरपालिका ६ का अध्यक्ष भरत बहादुर गुरुङ्गंले आफ्नो वडामा ६ वटा खोलाहरु रहेको र ति खोलाबाट वडाबासी धेरै पिडामा रहेको बताउदै बाँदरमुडेको सिर देखी खोला तटबन्द गरी चुरेले धेरै धनजनको क्षती हुन बाट जोगाएको  बताए । उनले भने–‘अब रिमाल खोलामा पनि तटबन्द गर्नका लागी राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समितिले सहयोग गर्नु छ ।’

त्यस्तै वडा नम्वर ९ का अध्यक्ष शिवहरी सुबेदीले जनप्रतिनिधिका रुपमा आफुहरु नआउदा देखिनै राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समितिले माडीमा काम गरेको र जति पनि काम भएका छन् ति सबै काम धेरै प्रभावकारी भएको बताए ।  खोला किनारमा ग्याबिन भरेपछि त्यहा बायो ईन्जिनियरिगं गरेकाले जालि कुहेर गएपनि त्यहा हुर्कीएका बाँसका गाजले खोलाको कटान तथा खोला बस्तीमा पस्न रोक्न धेरै प्रभावकारी भएको उनको भनाई छ । उनले बगइ खोला, कान्छि बगइ, जेठी बगइ, रातामाटे पहरा पाण्डेचोक भित्र लगाएतका धेरै ठाँउमा गत वर्ष काम भएको र यो वर्ष पनि धेरै काम भएको दबी गरे ।

वडा नम्बर ९ का स्थानिय गंगाबहादुर अधिकारीले बिगतमा दुई पटक सम्म गाँउमा बाढी पसेर क्षती गरेको बताए । अहिले ड्याम लगाएपछि बिगतमा बगर बनेको भुमी अहिले उर्वर भुमी बनेकोले स्थानियहरु ढुक्क संग खेति किसानी, पशुपालन गर्न थालेका छन् ।  उनले फोन पनि नलाग्ने यस्तो बिकट ठाँउमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समितिले बजेट दिएर खोला तटबन्द गरी धेरै सहयोग गरेको भन्दै आभार प्रकट गरे । खोलामा जालि लगाएपछि यसले हात्ति समेत बस्ती छिर्न नसकेको र यसले गर्दा धनजन, बाली सबैको क्षती रोकेको बताए । राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समितिले गरेको काम बाट माडीका जनप्रतिनिधि देखी स्थानियहरु निकै खुसि भएका छन् । 

प्रतिक्रिया दिनुहोस