काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६५ लाख आठ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीको टोलीले स्रोत नखुलेको उक्त रकमसहित भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई आज काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका शङ्करसँग रु ६३ लाख र रमेशसँग रु दुई लाख आठ हजार प्रहरीले बरामद गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरु बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको काठमाडौँ परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ