काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६५ लाख आठ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीको टोलीले स्रोत नखुलेको उक्त रकमसहित भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई आज काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका शङ्करसँग रु ६३ लाख र रमेशसँग रु दुई लाख आठ हजार प्रहरीले बरामद गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरु बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको काठमाडौँ परिसरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँबाट चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ
राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गरेको आरोपमा तीन जना पक्राउ
नख्खु कारागारबाट फरार भएका लामा काठमाडौँको गुजेश्वरि मन्दिरबाट पक्राउ