Safal Khabar - विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला
शुक्रबार, २६ असार २०७७ (Friday, 10 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला
सोमबार, १५ असार २०७७, १८ : ०७
विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । 

कास्कीको पोखरा महानगरपालिका-२८ माझठाना डाँडागाउँ बस्ने ६५ वर्षीया तिलशोभा सुनार आफ्नै घरको कोठाभित्र आइतबार दिउँसो मृत अबस्थामा फेला परेका छन् । 

ताप्लेजुङको श्रीजघां गाउँपालिका-१ जौबारी बस्ने सबिना दर्जीको ७ वर्षीय छोरा रबिन दर्जी सोही गाउँपालिका जौबारीस्थित नेबु खोला नजिकै रहेको कुलोमा आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । 

Yeti Diistillery

रौतहटको दुर्गा भगवती गाउँपालिका-१ स्थित बागमती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार साँझ मृत अवस्थामा फेला परेकी छन् । 

रुपन्देहीको देवदह नगरपालिका-२ राजावारीस्थित कच्ची बाटोको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार राति मृत अवस्थामा फेला परेका छन् । 

दाङको गढवा गाउँपालिका-२ महदेवास्थित राप्ती नदिको किनारमा प्युठान सरुमरानी गाउँपालिका-२ बस्ने ३० वर्षीय दिपक परियार र सोही ठाउँ बस्ने ३२ वर्षीय नबिन नेपाली आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । प्युठान सरुमरानी गाउँपालिका-२ स्थित गहना खोला तर्ने क्रममा शुक्रबार बिहान बगाई बेपत्ता भएकोमा खोजी गर्ने क्रममा राप्ती नदीको किनारमा उनीहरुको शव फेला परेको हो । 

झापाको झापा गाउँपालिका-७ रमिते बस्ती बस्ने ३६ वर्षीय नर बहादुर पुलामी मगर सोही ठाउँस्थित रहेको कुलोमा सोमबार राति मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस