नेपाल प्रवेश गरेका सलह कति जिल्लामा पुगे ?

सोमबार, १५ असार २०७७, १७ : २३
नेपाल प्रवेश गरेका सलह कति जिल्लामा पुगे ?

काठमाडौं । नेपाल प्रवेश गरेको सलहको संख्या १२ जिल्लामा पुगेको अनुमान गरिएको छ । प्लान्ट क्‍वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार करिब १५ लाख सलह १२ जिल्लामा घुमिरहेका छन् । 

आइतबारसाँझ कपिलवस्तु जिल्लामा करिब ८\९ लाखको संख्यामा सलहको नयाँ झुन्ड देखा परेसँगै देशका विभिन्‍न जिल्लामा करिब १५ लाख सलह फैलिएको अनुमान गरिएको छ ।

प्लान्ट क्‍वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका फोकल पर्सन रामकृष्ण सुवेदीका अनुसार आइतबारसाँझदेखि कपिलवस्तुमा करिब ८\९ लाखको संख्यामा सलहको झुन्ड देखिएको थियो । तर, मौसम प्रतिकूलताका कारण ती झुन्ड रुखमै बसिरहेको, बालीनालीमा नगइसकेको उनले बताए । शनिबारदेखि नेपाल प्रवेश गरेको सलह १२ जिल्लामा फैलिएको छ ।

सुवेदीका अनुसार कपिलवस्तमा सबैभन्दा ठूलो संख्यामा झुन्ड देखिए पनि त्यसले असर भने गरिसकेको छैन । त्यसबाहेक चितवन, मकवानपुर, सिन्धुली, काभ्रे र पाल्पामा पनि करिब ४०÷५० हजारको संख्याको झुन्डमा सलह देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस