कपिलवस्तुमा भेटियो सलहको ठूलो झुन्ड

सोमबार, १५ असार २०७७, १५ : ०८
कपिलवस्तुमा भेटियो सलहको ठूलो झुन्ड

काठमाडौँ । कपिलवस्तुमा सलहको ठूलो झुण्ड देखिएको छ । यो झुन्डलाई नेपाल प्रवेश गरेका सलहको ठूलो झुन्ड मानिएको छ ।

प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवैदीका अनुसार लाखौंको संख्यामा रहेको उक्त झुण्ड बुद्धभूमी, शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकामा देखिएको छ । जंगलमा बसेकाले बालीमा क्षति भइसकेको छैन ।’

पानी परिरहेकाले सलहको झुण्ड खेतमा पसेका छैनन् । धनगढीमा पनि सलह देखिएको छ । उक्त झुण्ड पुरानै वा नयाँ भन्नेमा भने एकिन भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस