चितवन र मकवानपुरमा क्षति गर्ने सलह छ : कृषि मन्त्रालय

आइतबार, १४ असार २०७७, १६ : ३२
चितवन र मकवानपुरमा क्षति गर्ने सलह छ : कृषि मन्त्रालय

चितवन ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चितवन र मकवानपुरमा बालीमा क्षति पु-याउने गरी सलहको झुन्ड रहेको बताएको छ । चितवनको पूर्वी क्षेत्रमा सलहको झुन्ड प्रशस्त देखिएको मन्त्रालयको भनाइ छ । 
नेपाल प्रवेश गरेको सलह देशैभर पुगेको हुनसक्ने अनुमान कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको छ । चितवन र मकवानपुरबाहेक अन्यत्र कुनै पनि ठाउँमा ठूलो समूहमा नभएको मन्त्रालयले जनाएको छ । 
मन्त्रालयमा प्राप्त पछिल्लो सूचना अनुसार चितवन र मकवानपुरमा भने बालीनाली हानी गर्न सक्ने गरी सलहको झुण्ड देखिएको छ ।

चितवन र मकवानपुरमा बाली नालीमा क्षति पुर्‍याउने सहमूमै छ भन्ने विवरण मन्त्रालयमा आएको छ । हालसम्म सलहले बालीमा हानी नगरेको पनि उनले बताए । वर्षा र मौसमी अवस्था अध्ययन गर्दा सलह पश्चिमतर्फ फैलिन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस