नेपाल भित्रिएका सलहका बथान भोलिबाट पश्चिमतिर सर्दै जाने पूर्वानुमान

सफल खबर संवाददाता

आइतबार, १४ असार २०७७, १२ : १२
नेपाल भित्रिएका सलहका बथान भोलिबाट पश्चिमतिर सर्दै जाने पूर्वानुमान

काठमाडौं । नेपाल भित्रिएका सलहका बथान भोलि सोमबारबाट क्रमशः पश्चिमतिर सर्दै जाने पूर्वानुमान गरिएको छ । 

मौसमविद प्रतिभा मानन्धरका अनुसार हावा जता बहन्छ, सलह किरा पनि त्यतैतिर उडेर जाने भएकाले सोमबारदेखि नै सलह किराहरु पश्चिमतिर सर्दै जाने अनुमान गरिएको छ । आज रातिबाट नै पूर्वतिरबाट हावा पश्चिमतर्फ बहने देखिएको उनले बताइन् । 

हावासँगै उड्ने किरा भएकाले सलहको यात्रा पनि हावाको बेग जता छ त्यतै हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस