के छ सलह नियन्त्रणको उपाय ?

पत्रपत्रिकाबाट

आइतबार, १४ असार २०७७, ०८ : ४०
के छ सलह नियन्त्रणको उपाय ?

काठमाडौं । सरकारको दाबीलाई झुटो सावित गर्दै सलह फट्यांग्राको बथान शनिबार नेपाल छिरेको छ । भारतको उत्तर प्रदेश र बिहारसँग जोडिएका नेपालको तराई क्षेत्रमा बिहान ७ देखि ८ बजेको बीचमा त्यसको बथानै देखा परेको हो ।

विज्ञले सलह कीरा नियन्त्रण गर्न केही विषादी र प्रयोग गर्न परिमाण पनि सुझाएका छन् । मालाथिन नामको विषादी ५० प्रतिशत इसी, ल्याम्डा साइहेलोथ्रिन ५ प्रतिशत इसी, क्लोरपाइरिफोस २० प्रतिशत इसी, डेल्टामेथ्रिन २.८ प्रतिशत इसी र डेल्टामेथ्रिन ११ प्रतिशत इसीमध्ये कुनै एक विषादी प्रयोग गर्न सकिने जनाइएको छ । 

चीनमा कोरोना भाइरसको प्रकोप देखिनुअघि अफ्रिकी महादेशका केन्या, सोमालिया, तान्जानिया, युगान्डा, दक्षिणी सुडान, इथोपियालगायत मुलुकमा यो फट्यांग्राले उत्पात मचाएको थियो । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस