मोरङ र डडेल्धुरामा दुई जनाको शव फेला

सफल खबर संवाददाता

शनिबार, १३ असार २०७७, १८ : २४
मोरङ र डडेल्धुरामा दुई जनाको शव फेला

सांकेतिक तस्विर

काठमाडौं । मोरङ र डडेल्धुरामा दुई जना मृतावस्थामा फेला परेका छन् । 

प्रहरीका अनुसार मोरङको रतुवामाई नगरपालिका-५ अधिकारी चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी डडेल्धुराको पर्शुराम नगरपालिका-५ पुर्तोलीस्थित महाकाली नदीको किनारमा  हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीया र २२ वर्षीया महिला शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस