१६८ किलोकी महिलाले जन्माइन् स्वस्थ बच्चा

पत्रपत्रिकाबाट

शनिबार, १३ असार २०७७, ०७ : ४३
१६८ किलोकी महिलाले जन्माइन् स्वस्थ बच्चा

काठमाडौँ । काठमाडौंकी १६८ किलोग्रामकी एक महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छिन् । नर्भिक अस्पतालमा उनले शुक्रबार शिशुको जन्म दिएकी हुन् । 

बाँझोपन रोग विशेषज्ञ एवम् ल्याप्रोसकोपिक सर्जन डा नूतन शर्माका अनुसार असार ११ गते ३१ वर्षीय ती महिलाको शल्यक्रिया गरेर २.९५ किलोग्रामको स्वस्थ शिशु जन्माइएको हो । मोटोपनाले गर्दा गर्भाधान सहज नहुने भनिएपनि आधुनिक प्रविधिको उपयोग गरेर ती महिलाले सन्तान जन्माएको डा शर्माको भनाइ छ ।कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस