काठमाडौं । मकवानपुर र झापामा २ जना मृतावस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ३७ वर्षीय पवित्रमान श्रेष्ठ हेटौंडा उपमहानगरपालिका-१ भैरबडाँडास्थित जंगलमा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी झापाको बिर्तामोड नगरपालिका-४ पौरखी टोलडेरा गरी बस्ने दार्जिलिङ घर भएका५७ वर्षीय भिम हेमवाङ पनि आफ्नै कोठामा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असार २०७७, १७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेकु दोभानमा एक जना मृत फेला
कैलालीमा युवकको शव फेला