​कोरोना जोखिम

ग्रहणका समयमा स्नान गर्न देवघाट नआउन अनुरोध

सफल खबर संवाददाता

आइतबार, ०७ असार २०७७, ११ : ४८
ग्रहणका समयमा स्नान गर्न देवघाट नआउन अनुरोध

चितवन । देवघाट क्षेत्र विकास समितिले खण्डग्रास सूर्य ग्रहणका समयमा पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न नआउन भक्तजनलाई अनुरोध गरेको छ ।

कालीगण्डकी र त्रिशूलीको सङ्गमस्थल सो स्थलमा ग्रहणका समयमा स्नान गरेमा मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ ।  समितिले आज यहाँ सार्वजनिक सूचना जारी गर्दै कोरोनाको सम्भावित जोखिमका कारण घरमा नै स्नान गर्न अनुरोध गरेको हो ।  

समितिका अध्यक्ष शिवराज पौडेलले मठमन्दिर र देवघाटमा बसोबास गर्ने बाहेक अन्य भक्तजनलाई स्नान  गर्न नआउन आग्रह गर्नुभयो । यसअगाडिका वर्षहरुमा ग्रहण लाग्दा  ५० हजार हाराहारी भक्तजन स्नान गर्न आउने गरेको भए पनि यस वर्ष कोरोना भाइरसको जोखिमका कारण भक्तजनलाई नआउन अनुरोध गरिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस