७० करोड बढी बार्गेनिङको विवादास्पद टेप प्रकरण पछि राजिनामा दिएका गोकुल बास्कोटा लकडाउन बिच आफ्ना मतदाता सामु पुगेका छन् ।
केहि दिन अगाडी बनेपाको नालामा पुल उद्घाटनमा पुगेका बास्कोटाले आफु दोषी नभएको दावी गरेका थिए । उनले आफ्ना मतदाता सामु विकास र समृद्धिको लागि आफु लागी परेको बताएका थिए ।
त्यस्तै शुक्रबार बनेपाको साँगामा वडा कार्यालयको भवन सिलान्यासमा पुगेका बास्कोटाले दोषी भए आफु सजाय भोग्न तयार भएको बताए ।
उनले भने‘मैले धेरै बोल्नै हुदैन र नबोले पनि हुदैन्ः बोल्लौ नक्कली कथा मञ्चन हुन्छ, नबोलाँै फेरी अर्को कथा बन्छ । आफ्ना मतदाता सामु बास्कोटोले थपे अहिले म न्यायिक परिक्षणमा र सार्वजनिक परिक्षणमा छु । तपाइहरुको जहाँ बिस्वास थियो, त्यो धरमराउनलाइ नक्कली कथा निर्माण भए, तपाइहरुको विस्वासमा चोट पुग्यो, तर म त्यो विस्वासलाइ डगमगाउन दिदिन् ।
कसैको नक्कलि कथाले तपाइको विस्वासलाइ कसै हल्लाउँदैन् । म भ्रष्टचार विरोधी मान्छेलाइ भ्रष्टचारको आरोप लगाइयो अनि मैले दोषी भए कार्वाहि गर भनेर राजीनामा दिएको हुँ ।
म नै पदमा बसेर अनुसन्धान गर भन्न सकिन, अनुसन्धानलाइ सहज होस् भनेर राजीनामा दिएँ । राजीनामा दिनु मेरो कमजोरी होइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असार २०७७, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा