कारागारबाट फरार चौकीदार पक्राउ

रासस

विहीबार, ०४ असार २०७७, ११ : २८
कारागारबाट फरार चौकीदार पक्राउ

लमजुङ । बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारबाट बुधबार फरार भएका चौकीदार लोकबहादुर भनिने २७ वर्षीय दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आज बिहान बेँसीशहर–२ स्थित मस्र्याङ्दी नदी किनारमा लुकेर बसेको अवस्थामा परियारलाई फेला पारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो । 

उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको उहाँको भनाइ छ । परियार राइनास नगरपालिका–१० कोकेगाउँ घर भई विसं २०६९ पुस २२ गतेदेखि हालसम्म कर्तव्य ज्यान मुद्दामा कारागार सजाय भोग्दै आएका छन् । लमजुङ जिल्ला अदालतले परियारलाई २० वर्षको सजाय तोकेको थियो । 

लमजुङको एक मात्र जिल्ला कारागारमा २५ जनाको क्षमता रहे पनि हाल ७३ कैदीबन्दी छन् । तीमध्ये ६६ पुरुष र सात महिला छन् । 

प्रतिक्रिया दिनुहोस