रुपन्देही । बुटवल–तानसेन सडकखण्डको सिद्धबाबामा भीरबाट जीप खस्दा ६ जना युवा घाइते भएका छन् ।
पाल्पाबाट बुटवलतर्फ आउँदै गर्दा प्रदेश ३-०१-२२ च ४५२२ नम्बरको डबल क्याप जीप तिनाउ नदीमा अपराह्न खसेको हो ।
प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार दुर्घटनामा तिनाउ गाउँपालिका –३ दोभानका दया पाण्डे, शिव पाण्डे, नन्दु बस्याल, विनोद बस्याल, बालकृष्ण बस्याल र कृष्ण बस्याल घाइते भएका छन् । उनीहरु सबैको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
केही दिनअघि पनि सिद्दबावाबाटै अर्को कार तिनाउ नदिमा खस्दा १ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असार २०७७, १८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु