थप ११७ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ११५८ पुग्यो

सफल खबर संवाददाता

मंगलबार, ०२ असार २०७७, १६ : २६

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ११५८ पुगेको छ ।