पर्सामा थप २ जनमा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, ०२ असार २०७७, १३ : ००
पर्सामा थप २ जनमा कोरोना संक्रमण पुष्टि

पर्सा । पर्साको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा वीरगन्ज वडा नम्बर ३ र ४ का २ जना पुरूष रहेका छन् । 

उनीहरु भारतबाट जेठ २३ गते रक्सौल हुँदै वीरगन्ज आएका थिए । क्वारेन्टाइनमा राखिएकाहरुको थ्रोट स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा उपाध्यायले जानकारी दिए । 

वीरगन्जको वडा नम्बर ३ का ३१ बर्षका पुरुष भारतको नयाँ दिल्लीबाट आएका थिए भने वीरगन्जको वडा नम्बर ४  का २३ वर्षीय पुरूष भारतको बेङ्गलोरबाट आएका थिए । 

संक्रमितहरुलाई नारायणी अस्पताल अस्थायी विशेष करोना अस्पताल गण्डकको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ ।