सबै सवारी पास रद्ध, जोर विजोर प्रणाली पुर्ण रुपमा पालना गर्न सरकारको आग्रह

सफल खबर संवाददाता

मंगलबार, ०२ असार २०७७, ११ : १०
सबै सवारी पास रद्ध, जोर विजोर प्रणाली पुर्ण रुपमा पालना गर्न सरकारको आग्रह

काठमाडौँ । सरकारले लकडाउन हटाएसंगै सरकारी निकायबाट जारी गरिएको सबै सवारी पासहरु रद्ध गरेको छ ।  रद्ध पास गर्दै सरकारले यात्राका लागि जोर विजोर प्रणालीको पूर्ण पालना गर्नु पर्ने बताएको छ ।

काठमाडौँ उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौँ आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने पासहरु (छोटो अवधिका) भने यथावत रहने गृह मन्त्रालयले जनाएको छ । मोटरसाइकल लगायत दुई पांग्रे सवारीमा पनि जोर विजोर प्रणाली लागु गरिएको छ । मोटरसाइकलमा एक जना मात्रै सवार हुन पाइने गृह मन्त्रालयले जनाएको छ । 

दुई जना सवार दुई पांग्रे सवारी साधनलाई प्रहरीले  रोक्ने जनाएको छ । सरकारले जोर विजोर प्रणाली अन्र्तगत जोर दिनमा अन्तिमको अंक जोर र विजोर दिनमा अन्तिमको अंक बिजोर नम्बर भएका सवारी साधनहरु चल्न पाउने छन् । यो नियम सबैसंग पालना गर्न समेत आग्रह गरिएको छ । 

प्रतिक्रिया दिनुहोस