एमसीसी विरुद्ध जुलुस निकाल्ने तयारी रहेको अवस्थामा विप्लव समूहका विद्यार्थी नेताहरु पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०१ असार २०७७, २० : ४३
एमसीसी  विरुद्ध जुलुस निकाल्ने तयारी रहेको अवस्थामा विप्लव समूहका विद्यार्थी नेताहरु  पक्राउ

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध जुलुस निकाल्ने तयारी गरिरहेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनका उपाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको काठमाडौँ जिल्ला उपाध्यक्ष गोविन्द विष्ट र गणतान्त्रिक मञ्चका केन्द्रीय सचिव पूर्ण बहादुर श्रेष्ठलगायत पाँच जना पक्राउ परेका हुन् । 
महानगरीय अपराध महाशाखाको टोलीले जमलको थहिटीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस