कोरोना रोकथाम र उपचारमा भएको खर्च विवरण सार्वजनिक, कहाँ कति खर्च ?

शनिबार, ३१ जेठ २०७७, ११ : ०८
कोरोना रोकथाम र उपचारमा भएको खर्च विवरण सार्वजनिक, कहाँ कति खर्च ?

काठमाडौँ । सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ। सरकारले कोरोना रोकथाम र उपचारमा हालसम्म आठ अर्ब ३९ करोड खर्च भएको ११ लाख ९९ हजार खर्च भएको जनाएको छ । निकासा रकमसहितको हिसाब गर्दा झन्डै १२ अर्ब रूपैयाँको खर्च विवरण सरकारले सार्वजनिक गरेको हो । 

कोभीड–१९ संकट व्यवस्थापन संचालन केन्द्र सिसिएमसी निर्देशक समितिले खर्च विवरण सार्वजनिक गरेको हो । संघीय संचित कोषबाट श्रोत व्यवस्थापनमा गरिएको खर्च रकम ४ अर्व १० करोड ५५ लाख ६ हजार रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, शहरी विकाश मन्त्रालय र शिक्षा मन्त्रालयलाई बजेट दिइएको उल्लेख छ।

औषधि, स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्यमा ५ अर्ब ६२ करोड ९२ लाख ४० हजार खर्च भएको सार्वजनिक गरिएको छ। सातै प्रदेशबाट १ अर्ब ३० करोड ४ लाख ९९ सय हजार खर्च भएको उल्लेख छ। स्थानीय तहहरूले २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च गरेको विवरणमा बताइएको छ।

त्यसैगरी प्रदेश सरकारकातर्फबाट कोरोना कोषमा २ अर्ब २२ लाख ५३ हजार जम्मा भएको उल्लेख छ भने स्थानीय तहबाट ४ अर्ब ८३ करोड २७ लाख १५ हजार जम्मा भएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस