चितवनको माडीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, ३० जेठ २०७७, १४ : ०१
चितवनको माडीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनको माडी नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा माडीका ८ जनामा संक्रमण भेटिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।

माडीका ८५ जनाको नमुना परीक्षण गरिएकामा ८ जनामा पोजेटिभ भेटिएको हो । भरतपुर अस्पतालमा शुक्रबार १ सय ९७ वटा स्वाब परीक्षण गरिएको थियो ।

आज पुष्टि भएका कोरोना भाइरस संक्रमितहरु सबै क्वारेन्टिनमा बसिरहेका हुन् ।