कोरोना रोकथाम तथा नियन्त्रण गर्न युवा तथा उद्यमीहरुको मौन जुलुस प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०७७, ११ : १७
कोरोना रोकथाम तथा नियन्त्रण गर्न युवा तथा उद्यमीहरुको मौन जुलुस प्रदर्शन

चितवन । कोरोना भाइरसको संक्रमण दिन प्रति दिन बढ्दै गएपनि रोकथाममा सरकारले प्रभावकारी भुमिका नखेलेको भन्दै चितवनका युवा तथा व्यवसायीहरुले मौन जुलुस प्रदर्शन गरेका छन् । 

भरतपुरको चौबिसकोठीमा भेला भएर उनीहरुले शान्तिपुर्ण विरोध प्रदर्शन गरेका हुन् । चौबिसकोठीमा भेला भएका उनीहरुले कोरोना संक्रमणलाई लक्षित गरि सामाजिक दुरी कायम गर्दै विरोध प्रदर्शन गरेका छन् ।

दर्जनौंको संख्यामा भेला भएका उनीहरुले कागजमा विभिन्न नारा लेखि  शरिरमा टाँसेर सडक किनारमै उभिई प्रदर्शन गरेका हुन् । कार्पेट होईन, पिसिआर किट किनौं, सरकार जिउदै छ, लगायतका नाराहरु प्रदर्शन गरेका छन् । 


प्रतिक्रिया दिनुहोस