पन्ध्र जनताको मृत्यु कोरोनालेमात्रै भएको होइन : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

बुधबार, २८ जेठ २०७७, १२ : ५१
पन्ध्र जनताको मृत्यु कोरोनालेमात्रै भएको होइन : प्रधानमन्त्री ओली

फाइल फाेटाे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणबाट मृत्यु भएको भनिएका १५ जना सबै कोरोनालेमात्रै नमरेको बताएका छन् । 

बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले उनीहरुलाई पहिले नै कुनै रोगले च्यापेको कारण मृत्यु भएको बताए । प्रम ओलीले कतिपयको उपचार गर्ने बेला कोरोना नदेखिएको र मृत्युपछि कोरोना संक्रमण पाइएको पनि उल्लेख गरे । उनले ८५ प्रतिशत नेपाली भारतबाट आएकामा कोरोना संक्रमण देखिएको बताए । 

नेपालमा ४ हजार ८५ जनामा कोरोना देखिएको बताउँदै उनले ५ सय जना निको भएर घर फर्किएको पनि बताए । नेपालमा निको भएर घर फर्कनेको संख्या राम्रो रहेको उनले उल्लेख गरे । 

यस्तै विदेशका विभिन्न मुलुकमा रहेका १४ हजार ४ सय  जना नेपालमा कोरोना संक्रमण भएको र १३ मुलुकमा १ सय २७ नेपालीको मृत्यु भएको पनि प्रधानमन्त्रीले जानकारी गराए । 

अहिले दैनिक ५ हजार परीक्षण भइरहेको बताउँदै स्वाव निकालेर परीक्षण गर्नुपर्ने संख्या ठूलो रहेकाले पीसीआर मेसिन, किटहरु विभिन्न देशबाट ल्याउन सरकारले पहल गरिरहेको बताए ।