थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०८५ पुग्यो

सफल खबर संवाददाता

मंगलबार, २७ जेठ २०७७, १६ : २४

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा संक्रमितको संख्या ४०८५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस