नारायणी सामुदायिक अस्पतालको चरम लापरवाहीका कारण एकजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २७ जेठ २०७७, ०९ : २३
नारायणी सामुदायिक अस्पतालको चरम लापरवाहीका कारण एकजना कोरोना संक्रमितको मृत्यु

चितवन । मेडिकल सिटीमा रुपमा परिचय बनाउदैं गएको चितवनमा पछिल्लो केही वर्ष यता निजि अस्पतालहरुको चरम लापरवाहीका बिरामीको मृत्युको घटना  सुनिदै आएकोमा फेरी नारायणी सामुमदायिक अस्पतालको चरम लापरवाही कारण एकजनाको मृत्यु भएको छ ।

नारायणी सामुदायिक अस्पतालको सघन उपचार कक्षमा उपचाररत एकजना कोरोना संक्रमित बिरामीलाई अवस्था जटिल भएपनि उपचार गर्नुको साटो जर्बजस्ती भरतपुर सरकारी अस्पतालमा रेफर गरेपछि उनको मृत्यु भएको हो ।  सोमबार कोरोना संक्रमण पुष्टी भएका भरतपुर ११ का ६८ बर्षीय पुरुषको मंगलबार (आज) बिहान ७  वजे मृत्यु भएको भरतपुर अस्पताल श्रोतले जानकारी दिएको छ । बिरामी दम रोगबाट ग्रसित थिए र नारायणी सामुदायिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो ।

उनलाई कोरोना संक्रमण पुष्टि नहुँदा सम्म सामुदायिक अस्पतालले उपचार गरेको थियो तर संक्रमण पुष्टि हुने बित्तिकै भरतपुर अस्थायी कोरोना अस्पतालमा रेफर गरेको श्रोतको भनाई छ । स्थानिय प्रशासनले पनि उनको अस्पतालको चरम लापरवाहीकै कारण मृत्यु भएको जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले अस्पतालको लापरवाहिका कारण उनको मृत्यु भएको र आफुले पहिले नै नारायणी सामुदायिक अस्पतालका डा भक्तमानलाई फोन गरेर बिरामीलाई अन्यत्र नसार्न भनेको बताए ।

उनले भने–‘मलाई समेत थाहा नदिई कोरोना अस्पताल रेफर गरिएको र भेण्टिलेटर आवश्यक पर्ने बिरामीलाई त्याहाबाट सार्नुनै गलत भएको बताउनुभयो । उनले अस्पतालले लापरवाही गरेको र अनुसन्धान गरेर दोषी ठहरिए कारवाही समेत बताए । नारायणी सामुदायिक अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले सरकारको निति अनुसारनै बिरामीलाई स्थानान्तरण गरेको बताए । उनले भने–‘कोरोना संक्रमण देखिएपछि हामीले उपचार नगर्ने र सरकारीमा पठाउनु पर्ने भएकाले पठाएको दाबी गरे ।

गैरजिम्मेवापुर्ण तर्क गर्दै डा.श्रेष्ठले कोरोना संक्रमित भएपछि सरकारले हेर्न भएकाले अस्पतालले रेफर गरेको दाबी गर्छन् । अस्पतालले त्यही बिरामी कोरोना संक्रमित नहुँदा उपचार गरेको तर संक्रमित पुष्टि हुने बित्तिकै अर्को अस्पताल पठाएकै कारण मृत्यु भएको नाम उल्लेख नगर्ने शर्तमा एक स्वास्थ्यकर्मीले भने–‘नारायणी अस्पतालको चरम लापरवाहीले नै बिरामीको मृत्यु भएकाले अस्पतालललाई कारवाही गर्नुपर्ने बताए ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.श्रीराम तिवारीले संक्रमित बिरामीलाई त्यही उपचार गर्न आफुहरुले भनेपनि नारायणी अस्पतालले जर्बजस्ती कोरोना अस्पताल पठाएको दाबी गर्छन् । उनले भने–भेन्टिलेटरको सहयोगमा उपचाररत बिरामीलाई जर्बजस्ती स्थानान्तरण गरेको उल्लेख गरे । सरकारले कोरोना संक्रमित या त जुनसुकै बिरामीलाई उपचारमा कुनै कसर बाँकी नराख्न निजी तथा सरकारी सबैमा निर्देशन दिएको छ । तर निजी अस्पतालहरुले बिभिन्न बहानामा बिरामीहरुको उपचार नगर्दा सामान्य बिरामी हुदा पनि अकालमै ज्यान गुमाउनको संख्या पनि बढदै गएको छ ।

प्रतिक्रिया दिनुहोस