जुम्लामा क्वारेन्टिनमा बसेका वृद्धको मृत्यु

शुक्रबार, २३ जेठ २०७७, १४ : ३५

काठमाडौं । जुम्लामा क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको हो वडाध्यक्ष नरजितका अनुसार उनी बिहीबार बिहान ११ बजेदेखि सो क्वारेन्टिनमा बस्दै आएका थिए ।
बर्दियाबाट जुम्ला बजार आइपुगेका उनी बुधबार साँझ त्यहीँ बसेका थिए । दमका रोगी रहेका वृद्धलाई उनकै बुहारीले बोकेर क्वारेन्टिन स्थलसम्म पुर्‍याएका थिए । 
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको छ, उनी दमको रोगी थिए। लामो समयदेखि औषधि पनि सेवन गर्दै आइरहेका थिए । 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको चिकित्सकको टोलीले मृतक वृद्धसहित क्वारेन्टिन स्थलमा बसेका सबै जनाको स्वाब संकलन गरिसकेको उनले बताए ।