पर्सामा थप एक जनामा कोरोना संक्रमण पुष्टि

विहीबार, २२ जेठ २०७७, १३ : ५७
पर्सामा थप एक जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । पर्सामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको पोखरियास्थित क्वारेन्टिनमा बस्दै आएकी १५ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको ल्याबले जनाएको छ। बुधबार ९१ वटा नमुना परीक्षण गरिएकोमा उनको मात्रै रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस