वडाध्यक्षकै नेतृत्वमा प्रहरी चौकीमा आक्रमण

सफल खबर संवाददाता

बुधबार, २१ जेठ २०७७, ११ : ४३
वडाध्यक्षकै नेतृत्वमा प्रहरी चौकीमा आक्रमण

काठमाडौँ । रुकुममा वडाअध्यक्षको नेतृत्वमा प्रहरी चौकीमा आक्रमण भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१४ मा अस्थायी प्रहरी चौकीमा वडाअध्यक्षको नेतृत्वमा गाउँलेले आक्रमण गरेका छन् । मुसिकोट नगरपालिका–१३ का वडाअध्यक्ष दिपक केसीको नेतृत्वमा चौकीमा आक्रमण भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

मदिरा सेवन गरेर वडाअध्यक्ष केसीसहितको टोलीले प्रहरी चौकीमा आक्रमण प्रहरीको भनाई छ । वडाअध्यक्ष केसीसहितको टोलीले मदिरा सेवन गरेर होहल्ला गर्न थालेपछि सम्झाउन गएको प्रहरीटोलीसँग विवाद भएको थियो । विवादपछि वडाअध्यक्षको नेतृत्वमा गाउँलेहरु जम्मा भएर चौकीमा आक्रमण गरेका थिए ।

आक्रमणपछि फरार रहेको उनीहरुको प्रहरीले खोजी गरिरहेको छ । ‘फरार रहेका उनीहरुको खोजीका लागि प्रहरी खटिएको छ, घरमा भेटिएका छैनन्’, प्रहरीले भने । आक्रमणकारीहरुले प्रहरीको हतियार समेत खोसेका थिए । तर पछि प्रहरीले बल प्रयोग गरेपछि हतियार फिर्ता गरेका थिए । 


 

प्रतिक्रिया दिनुहोस