अन्तराष्ट्रिय पोल्ट्री

नेपाल पोल्ट्री तथा लाईभस्टक अन्तर्राष्ट्रिय प्रदर्शनी २०१७ को तयारी अन्तिम चरणमा

बुधबार, १५ कार्तिक २०७४, १८ : ०६
नेपाल पोल्ट्री तथा लाईभस्टक अन्तर्राष्ट्रिय प्रदर्शनी २०१७ को तयारी अन्तिम चरणमा

चितवन । चितवनमा गर्न लागिएको अन्तराष्ट्रिय स्तरको पोल्ट्री तथा लाईभस्टक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपाल पोल्ट्री महासंघले यहि कार्तिक १७ गते देखि तीन दिन सम्म भरतपुरको चितवन प्रदर्शन केन्द्रमा प्रदर्शनी आयोजना गर्न लागेको हो ।
सो प्रर्दशनिको उपराष्ट्रपति नन्द बहादु पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कार्तिक १९ गते सम्म संञ्चालन हुने सो प्रर्दशनिले २ सय भन्दा बढि स्वदेशी तथा बिदेशी प्रख्यात प्रदर्शकहरुका नबिनतम प्रबिधिहरुको प्रदर्शनी गरीने संयोजक गुणचन्द्र बिष्टले जानकारी दिनु भयो । पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्रेलले पोल्ट्री तथा लाईभस्टक क्षेत्रको सुदृढिकरण र व्यवसायीकरण गर्ने उद्धेश्यका साथ प्रर्दशनी गर्न लागिएको भन्दै आधुनिकयन्त्र, अत्याधुनिक प्रबिधि, गुषस्तरीय औषधी, फिड सप्लिमेण्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, ह्याचरी उद्योग, बंगुरपालन उद्योग, मत्स्यपालन उद्योग लगाएतको सहभागिता रहने बताउनु भयो ।
सोहि क्रममा स्वदेश र बिदेशका बिज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने गरि कार्यशाला गरिदै छ । पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष डा. होम बहादुर बस्नेतका अनुसार एउटा कार्यपत्र नेपाली पोल्ट्री बिज्ञ र अन्य पाकिस्तान, भारत र फ्रान्सका बिज्ञहरुले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बिश्वका बिभिन्न देशमा ठूलो खर्च गरेर जाने नेपाली र छिमेकी देशका व्यवसायीहरु यस प्रदर्शनीबाट लाभान्बित हुने सो अबसरका जानकारी गराईएको थियो । प्रदर्शनीमा स्वदेश र बिदेशका गरि १ सय ७० वटा स्टल रहने छन् ।
मुल आयोजक समितिका संयोजक नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टका अनुसार प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसीया, ताईवान, इटली, इजराइल, बंगलादेश लगाएतका देशहरुका स्टल रहने छन् ।
प्रदर्शनिमा २५ देखि ३० हजार व्यवसायी एबं सर्बसाधारण अबलोकनका लागि आउने अनुमान गरिएको छ । प्रदर्शनीका लागि करिब ५ सय बिदेशीहरु यहाँ आई सकेका छन् ।

प्रतिक्रिया दिनुहोस