काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव वा सो सरहको परीक्षामा सहभागी हुने उम्मेद्वारलाई अनिवार्य रूपमा कोरोना परीक्षणको रिपोर्ट बुझाउन भनेको छ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले काठमाडौं बाहिर कार्यरत रहेका तथा लकडाउनका बेला काठमाडौं बाहिर गएर फर्केका उम्मेद्वारले कोरोनाको पिसिआर परीक्षण रिपोर्ट अनिवार्य बुझाउनुपर्ने सूचना मंगलबार निकालेका हुन्।
आयोगले सोमबार सहसचिव वा सो सरह प्राविधिकरअप्राविधिक का लागि परीक्षा रअन्तर्वार्तालाई नयाँ कार्यतालिका जारी गरेको थियो। आयोगले असार २ गते सहसचिवका लागि अन्तर्वार्ता लिँदैछ।
‘काठमाडौं उपत्यकाबाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउनमा उपत्यका बाहिर गई आएका उम्मेद्वारहरूले अन्तर्वार्ता अगावै आफ्नो पिसिआर परीक्षण गराई सो को सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउनु पर्नेछ,’ आयोगले निकालेको सूचनामा भनिएको छ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
निष्पक्षता कायमका लागि लोक सेवा आयोगको जनविश्वास प्रबल छ: प्रधानमन्त्री ओली
लोक सेवाप्रति अझ बढ्दै जनविश्वास
बागमती लोक सेवा आयोगका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
लोक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक (सूचनासहित)