मन्त्री निवासमा जिमखाना बनाउन ८२ लाखको ठेक्का

पत्रपत्रिकाबाट

मंगलबार, २० जेठ २०७७, ०८ : १८
मन्त्री निवासमा जिमखाना बनाउन ८२ लाखको ठेक्का

काठमाडौं । कोभिड विरुद्ध संघर्ष गरिरहेको सरकारले अत्यावश्यकबाहेक खर्च नगर्न गत चैतमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यही प्रतिबद्धता दोहो¥याएको छ । 

तर, यही वेला सरकारले मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का दिएको छ । लकडाउनकै समयमा राष्ट्रपति कार्यालयमा महँगो गलँचा फेर्न लागेको सहरी विकास तथा भवन निर्माण विभागले नै मन्त्रीहरूका लागि जिमखाना बनाउने प्रक्रिया अघि बढाएको हो । 

पुल्चोकस्थित मन्त्रीनिवासमै जिमखाना बनाउन विभागले शनिबार न्यु केपी कन्स्ट्रक्सन नामक कम्पनीलाई ठेक्का दिएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस