विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा टेनिसका रोजर फेडेरर, रोनाल्डो र मेस्सी दोश्रो र तेश्रो

एजेन्सी

शनिबार, १७ जेठ २०७७, ०९ : ४६
विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा टेनिसका रोजर फेडेरर, रोनाल्डो र मेस्सी दोश्रो र तेश्रो

काठमाडौं । फोर्ब्सको सुचीमा टेनिसका सुपर स्टार खेलाडी रोजर फेडेरर विश्वमा सर्वाधिक कमाउने  खेलाडीको सूचिमा परेका छन् । फोर्ब्सले प्रत्येक बर्ष निकाल्ने सूचि अनुसार टेनिस खेलाडी फेडेरर पहिलो पटक वर्षको सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।

फोर्ब्सको पहिलो नम्बरको सूचिमा परेका उनले फुटबल स्टार रोनाल्डो, लियोनल मेस्सी, नेयमार लगायतकालाई उछिनेका छन् । ३८ बर्षका फेडेररले पछिल्लो बर्ष ८६ दशमलव २ मिलियन डलर आम्दानी गर्दै चार स्थानमाथि उक्लिए । उनले विभिन्न प्रायोजकबाट ८१ मिलियन पाउण्ड प्राप्त गरेको बताईको छ ।

क्रिस्टियानो रोनाल्डोले ८५ मिलियन, लियोनल मेस्सीले ८४ मिलियन, नेयमारले ७७ दशमलव ५ मिलियन र अमेरिकन बास्केटबल खेलाडी लिबर्न जेम्सले ७१ दशमलव ५ मिलियन पाउण्ड आम्दानी गर्दै शीर्ष ५ खेलाडीको सूचिमा रहेका छन् । कोरोना महामारीका कारण मेस्सी र रोनाल्डोको तलबमा कटौती भएकाले फोर्ब्सको सुचीमा बढी कमाई गर्ने खेलाडी हेरफेर भएको हो । 

प्रतिक्रिया दिनुहोस