युरोपको क्वारेन्टिनबाट जन्मिएको ‘६ मिनेट ६’

आइतबार, ०४ जेठ २०७७, १६ : २१
युरोपको क्वारेन्टिनबाट जन्मिएको ‘६ मिनेट ६’

एजेन्सी । पोर्तुगलमा अनलाईन टेलिभिजन मार्फत् एक पृथक कार्यक्रम सञ्चालन हुने भएको छ । घरदेशमा जस्तो सहजै परदेशमा समय उपलव्ध नहुने र कार्य व्यस्तताका कारण परदेशमा सबैजना व्यस्त हुने भएकाले ६ मिनेट सबैमा प्रयाप्त हुने भएकाले कोरोनाको समयमा यस्तो खालको कन्सेप्ट तयार गरिएको हो ।  
एक दशकदेखि पत्रकारीताको क्षेत्रमा कलम चलाउदैं आएका सञ्चारकर्मी यादव देवकोटाले “६ मिनेट ६” नामक कार्यक्रमको कन्सेप्ट तयार पारी कार्यक्रम सञ्चालन गर्ने भएका छन् । प्रवासमा राजनितिका कुरा गर्न नभ्याउने बताउदै  उनले प्रवासी समयको महत्व बुजेर कार्यक्रम तयार पारिएको बताए । थोरै समयमा प्रवासमा धेरै प्रभाव पर्ने खालको कार्यक्रम रहेको उनको भनाई छ ।

नेपालमा जस्तै पूर्णकालिन  पत्रकारिता गर्न प्रवासमा सम्भव नभएको हुँदा सोखका लागि गरिने पत्रकारका लागि यो कार्यक्रम प्रभावकारी हुने उनको अपेक्षा छ । मोफसलदेखि बाहिरी जिल्ला होस् वा  देशदेखि विदेशसम्म नै किन नहोस्,  सञ्चारकर्मको मोह र ममता रत्तिभर नघट्ने र घट्न दिननहुने सञ्चारकर्मी देवकोटाको जिकिर छ । कोरोना भाइरसको समयमा तयार पारिएको कन्सेप्टले मानसिक रुपमा निम्त्याएको त्रास भन्दा पनि शारिरीक रुपमा केहि आराम मिलेको उनी बताउछन् । 

छोटो समयमा महत्वपूर्ण र मार्गदर्शक बन्ने धेरै विषयलाई उजागर गर्ने कार्यक्रमको उद्धेश्य रहेको छ । प्रवासी नेपालीहरुको पिडा, विस्मात, समस्या र उनीहरुको दुःख पछिको सुखमा केन्द्रित भएर कार्यक्रम गरिनेछ । पत्रकार महासंघको शाखा प्रवासमा खुलेता पनि पत्रकारहरुको स्तर मापनको आधार तयार हुन नसकेको बताउदैं सञ्चारकर्मी देवकोटाले मूलधारमा पत्रकारीता गरेका राम्रा पत्रकारहरु प्रवासमा विलिन नहुन भनेर कार्यक्रमलाई अगाडी बढाउन  हौंसिएको बताए । 

मुलुकको हितमा भन्दा प्रवासमा हुने राजनितिमा प्रवासी पत्रकारीताले स्थान जमाएको भन्दै त्यसको अन्त्यको आवाज उठाउनु आजको आवश्यकता रहेको समेत सञ्चारकर्मी देवकोटाले बताए । साप्ताहिक रुपमा प्रसारणमा आउने कार्यक्रम युरोपियन युनियनमा  सबैभन्दा बढी नेपाली बसोबास गर्ने मुलुक पोर्चुगलबाट उत्पादन गरिने छ ।

प्रतिक्रिया दिनुहोस