कोरोनालाई जितेर चितवनकी महिला फर्किन् घर

बुधबार, ३१ बैशाख २०७७, १३ : ५१
कोरोनालाई जितेर चितवनकी महिला फर्किन् घर

चितवन । राप्ती नगरपालिकाकी कोरोना संक्रमित महिलाले कोरोनालाई जितेर राप्तीकी महिला फर्किन घर सफल भएकी छन् । 
राप्ती नगरपालिका–८ की ६३ वर्षीया महिलालाई आज भरतपुर अस्पतालले डिस्चार्ज गरेर घर पठाएको छ । उनलाई लिन राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल भरतपुर अस्पताल आएकी थिइन् ।  संक्रमित महिलाको २७ वर्षीय छोरा यसअगाडि नै अस्पतालबाट डिस्चार्ज भएका थिए ।  

लगातार दुई पटक गरिएको परीक्षणमा महिलामा कोरोना रिपोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । 

राप्ती ८ का आमा र छोरामा वैशाख ४ गते भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । 

प्रतिक्रिया दिनुहोस