युवा उद्यमी मञ्चमा पालिखेको नेतृत्व

सफल खबर संवाददाता

बुधबार, ३१ बैशाख २०७७, १० : ५६
युवा उद्यमी मञ्चमा पालिखेको नेतृत्व

चितवन । नेपाल युवा उद्यमी मञ्चको १६औं वार्षिक साधारणसभाले प्रकाशदेव पालिखेको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय कार्यकारिणी परिषद गठन गरेको छ । मंगलबार जुममार्फत् सम्पन्न अनलाइन साधारणसभाले पालिखेको नेतृत्वमा कार्यकारिणी परिषद गठन गरेको हो ।

कार्यकारिणी परिषदको प्रथम उपाध्यक्षमा उदीप श्रेष्ठ, द्वितीय उपाध्यक्षमा ऋतेश लामिछाने, महिला उपाध्यक्षमा निविता प्रधान, शाखा समन्वय उपाध्यक्षमा सुमोद सैजु र निवर्तमान अध्यक्षमा निकोलस पाण्डे रहेका छन् । सदस्यमा पवित्र गौतम, सहारा जोशी, कुशल श्रेष्ठ, सुदिप घिमिरे र ऋचा श्रेष्ठ रहेका छन् ।

मञ्चले आकांक्षी युवा उद्यमीहरुलाई निरन्तर सहयोग गर्दै आएको छ । मेड इन नेपाल लगायतका अभियानलाई जारी राखिने अध्यक्ष पालिखेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस