नेकपा नेता भिम रावलको सुरक्षार्थ खटिएका एक शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, ३१ बैशाख २०७७, ०८ : ३३
नेकपा नेता भिम रावलको सुरक्षार्थ खटिएका एक शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

२७ वर्षीय ति प्रहरीको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा  अस्थायी रुपमा बस्दै आएको बताइएको छ । ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ ।

यसैगरी भक्तपुरमा कोरोना संक्रमण देखिएका अर्की २५ वर्षीया महिला भक्तपुर सल्लाघारी बस्ने गरेकोमा पछिल्लो पटक नयाँठिमीस्थित प्रजित रेग्मीको घरमा बस्दै आएको खुलेको छ । उनलाई हिजै टेकु अस्पतालमा भर्ना गरिएको छ । 

प्रतिक्रिया दिनुहोस